ह्यासट्यागको कोरोना लक्षित १५ प्रतिशत छुट सहितको होम डेलिभरि अफर

ह्यासट्यागको कोरोना लक्षित १५ प्रतिशत छुट सहितको होम डेलिभरि अफर

विराटनगर । विराटनगर एयरपोर्ट मोडस्थित ह्यासट्याग रेष्टुरेन्ट एण्ड बारले खानाका परिकारमा १५ प्रतिशत छुट सहितको होम डेलिभरी अफर ल्याएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै ह्यासट्यागले शुक्रबारदेखि लागु हुने गरि उक्त अफर ल्याएको हो । महामारीको दौैरान ग्राहकहरु रेष्टुरेन्टसम्म आउनसक्ने अवस्थामा नहुँदा ह्यासट्यागले उक्त अफर ल्याएको सञ्चालक मिलाप कर्णले बताए । उनले भने, ‘ग्राहकले रेष्टुरेन्टको स्वाद घरमै पाउन भन्ने अवधारणा बमोजिम बिशेष छुट सहित हामीले उक्त अफर ल्याएका हौं ।’

ह्यासट्यागको उक्त अफर अन्तर्गत ग्राहकले आफुले अर्डर गरे अनुसारको परिकारको स्वाद घर बसीबसी चाख्न पाउनेछन् । ह्यासट्यागको उक्त अफर अन्तर्गत स्वास्थ्य मापदण्डमा समेत बिशेष ध्यान दिईएको जनाईएको छ । ह्यासट्यागको उक्त अफर कोरोना अवधि भर जारी रहने जानकारी दिईएको छ ।

ह्यासट्यागले भने खानाका विभिन्न परिकार अर्डर गर्नका निम्त्ति आफ्नो दश अंकको ९८०७०९१७९२ मोबाईल नम्बर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्