प्रदेश प्रथम भएकी एम्स कलेजकी प्रेक्षालाई कलेज गर्‍यो सम्मान

<span class='c1'>प्रदेश प्रथम भएकी एम्स कलेजकी</span> <span class='c2'>प्रेक्षालाई कलेज गर्‍यो सम्मान</span>

विराटनगर । विराटनगर–९ स्थित एम्स कलेजमा बि.एच.एम अध्ययनरत छात्रा प्रेक्षा पौडेल प्रथम समेष्टरको परीक्षामा ३.७६ जिपिए सहित प्रदेश १ भरिमा प्रथम भएकी छन् ।

विश्वविद्यालयले प्रकाशित गरेको परीक्षाफल अनुसार उनी प्रदेश भरिमा प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन् । उक्त सेमेष्टरमा अध्ययनरत कुल विद्यार्थी संख्याको ८०% विद्यार्थीले ३ जिपिएभन्दा माथी अंक प्राप्त गरि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै विद्यार्थी प्रेक्षाले भनिन्, “विद्यार्थीको मेहनतका साथसाथै कलेजको भुमिका र व्यवस्थापन पनि अत्याधिक महत्वपुर्ण हुन्छ । जसमा एम्स कलेजप्रति म सन्तुष्ट छ । यहाँको शिक्षण सिकाई पद्धति राम्रो छ ।’

कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरि पौडेललाई कलेजका प्रबन्ध निर्देशक पुरी, क्याम्पस प्रमुख बस्नेत र बिएचएम संयोजक सुरेन्द्र मण्डलले खादा, प्रमाण–पत्र र नगद सहित छात्रा पौडेललाई सम्मान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्