किटनाशक औषधीको अत्याधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य भुमिमा अम्लियपन बढ्दै

<span class='c1'>किटनाशक औषधीको अत्याधिक प्रयोगले प्रदेश १</span> <span class='c2'>को खेतीयोग्य भुमिमा अम्लियपन बढ्दै</span>

विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्यधिक प्रयोगले प्रदेश नं. १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घटदै गएको छ ।

अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घटदै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ । यसले उत्पादनकत्वमा नकारात्मक असर पुर्‍याउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर गरिरहेको विज्ञहरुले बताएका छन् । प्राङ्गारिक मलको अभावमा प्रदेश नं. १ को ८० प्रतिशत खेतीयोग्य भुमि अम्लिय भएको छ । अम्लियपन बढ्दा माटोबाट बालीलाई चाहिने आवश्यक खाद्यतत्वको आपूर्ति हुन सकेको छैन् । जसकारण फलफुल, तरकारी र अन्नबालीको उत्पादन पनि निरन्तर घटन थालेको छ । माटोमा भएको अम्लियपनले माटोको उर्वराशक्तिमा नकारात्मक असर पुर्‍याउँदा किसानका लागी यो टाउको दुखाईको बिषय बनेको छ । कार्बनको श्रोत रहेको प्राङ्गगारिक मलको ठाउँमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लियपन बढदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश नं. १ का माटोविज्ञ दिगम्बर यादवले बताए । उनले माटोमा पिएचको मात्रा सन्तुलनको बिन्दुमा नहुुँदा यसले बालीनालीलाई असर गरिरहेको उनले जानकारी दिए । ‘माटोमा हाईड्रोजन आयनको मात्रा घनात्मक हुँदा अम्लियपन बढ्ने र ऋणात्मक हुँदा क्षारियपन बढ्ने गर्दछ । माटोमा पिएचको मात्रालाई सन्तुलन अर्थात ७ मा राख्न रासायनिक मलको प्रयोग घटाउनुपर्छ,’ उनले भने, ‘माटोको अम्लियपन न्युनीकरण गर्न कृषि चुनको प्रयोग गर्नुपर्ने आवश्यक देखिन्छ ।’

बिरुवालाई हुर्कन तथा बढ्न नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्मतत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिन लगायतका खाद्य तत्वहरु चाहिन्छ । ती खाद्य तत्वहरुको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक हुन्छ । तर, माटोमा प्राङ्गगारिक पदार्थको अभावमा बालीनाली मासिने र उत्पादन नहुने लगायतका समस्या देखा पर्दै गईरहेका छन् । यसबाहेक ढुसी, फङगज तथा विभिन्न ब्याक्टेरियाहरु यही अम्लियपनको अवस्थामै बाँच्ने भएकाले यसले बालीनालीका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पु¥याईरहेको छ । यसको समुचित समाधान र माटोको उर्वराशक्ति बढाई बालीनालीको उचित संरक्षणका लागी जैविक पद्धति अबलम्बन गर्नुपर्ने बाली संरक्षण प्रयोगशाला प्रदेश नं. १ का प्रमुख मुकेश कुमार यादवको भनाई छ ।

प्रदेश नं. १ मा कुल क्षेत्रफलको ३१.९१ प्रतिशत अर्थात ८ लाख २६ हजार ६ सय ४६ हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये हिमाली भेगमा १ लाख ४ हजार ५ सय ५, पहाडमा ४ लाख २४ हजार ७ सय १३ र तराईमा २ लाख ९७ हजार हेक्टर जमिनमा खेती हुन्छ । तर पछिल्लो समय बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति घट्दै गएको छ । प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ ।

प्राचीनकाल देखि नै प्राङ्गारिक मललाई खासै महत्व नदिईएको कारणले पनि हाल माटोमा अम्लियपनको समस्या आईपरेको कृषि विज्ञहरुको निष्कर्ष छ । मलमा भएका खाद्यतत्वको संरक्षण र सदुपयोगको ज्ञान तथा सीपको अभामा नेपालले एकातिर बर्षेनि करोडौँ मुल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्काेतिर विदेशबाट नेपालले अर्बौ रुपैयाँ बराबरको रासायानिक मल खरिद गरिरहेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्