विराटनगर । मोरङको कटहरीमा मृत्त अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
कटहरी-३ स्थित खेल मैदान पछाडि रिङरोड छेउको नालामा अन्दाजी ४२ वर्षीय एक पुरुषको शव फेला परेको हो । मृतक कटहरी-२ जयरामपुरका अशोक ऋषिदेव रहेको स्थानीयले जानकारी दिएका छन् । साईकल सहित पानीमा डुबिरहेको अवस्थामा उनको शव फेला परेको स्थानीयले बताएका छन् ।
घटना बारे थप यकीन विवरण प्राप्त हुन बाँकी छ । घटनास्थलमा हाल मोरङ प्रहरीको टोली अनुसन्धानका लागि पुगेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।