चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार बढी मुद्दा दर्ता, १९ करोड बढी राजश्व संकलन

<span class='c1'>चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार बढी</span> <span class='c2'>मुद्दा दर्ता, १९ करोड बढी राजश्व संकलन</span>

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ हजार ६ सय बढी मुद्दा दर्ता गरि १९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

प्रदेशका १४ वटै जिल्लाका प्रहरी कार्यालयबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो प्रगति हाँसिल गरेको होे । चालु आ.ब.को पछिल्लो ६ महिनामा प्रदेशभरि ३ हजार ६ सय २७ वटा मुद्दा दर्ता भएका छन् भने १९ करोडभन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ तस्करी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हाँसिल भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अपराध सम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ । फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । उनीहरुबाट ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकासीमा संलग्न ४७ जनालाई पक्राउ गरि ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयद्वारा जारी तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न ३२ जनालाई नियन्त्रणमा लिईएको छ । उनीहरुबाट ५१५ वटा नदीजन्य पदार्थ उत्खनन र ओसारपोसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा लिई २० लाख १९ हजार २५० रुपैयाँ राजश्व संकलन गरिएको प्रदेश प्रहरीका प्रवक्ता नविनराज राईले बताए । यसका साथै अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १९५२ क्यूफिट काठ बरामद गरी ४४ लाख ४ हजार ६६६ राजश्व संकलन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजश्व संकलन भएको छ । लागूऔषध नियन्त्रण तर्फ गाँजा ३ सय ८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न क्याप्सलु १० हजार ६८, एम्पुल ३ हजार ८७५ र औषधीहरु ४७५ क्याप्सुल नियन्त्रण गरिएको छ । यसका अतिरिक्त १६६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्