नोवेल मेडिकल कलेजमा विद्यार्थीको चर्कियो आन्दोलन,३ जना प्रहरी सहित आदा दर्जन विद्यार्थी घाईते

<span class='c1'>नोवेल मेडिकल कलेजमा विद्यार्थीको चर्कियो आन्दोलन,३ जना</span> <span class='c2'>प्रहरी सहित आदा दर्जन विद्यार्थी घाईते</span>

 प्रेम देवान

विराटनगर । नोवेल मेडिकल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी संघठनहरुले आन्दोलनलाई अझ शसक्त बनाउदै लैजान थालेका छन् ।


नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा विगत लामो समयदेखी विद्यार्थीहरु आन्दोलनरत छन् । यसैविच सोमबार पनि विद्यार्थी संगठनहरूले आन्दोलनलाई अझ कडा बनाउदै कलेज भित्र तोडफोड गरेका छन् ।

विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनहरुले ३ सातादेखी नोबलेको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपनि कामकाज निर्वाध रूपमा संचालन भएको देखेपछि सिटी जुलुस लगाउदै काम रोक्नु आग्रह गर्दा तोडफोड भएको छ ।


विद्यार्थीहरुले नर्सिङ पढाई हुने कक्षा र अफिसमा तोडफोड गरेका छन् । अफिस भित्र रहेको कम्प्युटर, टेलव, शौचालयको झ्याल ढोका र नोवेल अस्पताल भित्र रहेको फार्मेसीको २ वटा सिसा फुटाईदिएका छन् ।


यसैक्रममा विद्यार्थी , प्रहरी र त्यहाँ खटिएका सुरक्षा गार्ड विच झडप हुँदा आदा दर्जन विद्यार्थी र ३ जना जनपथ प्रहरी घाईते भएका छन् । घाइते प्रहरी र विद्यार्थीको हात र आँखामा चोटपटक लागेको छ । नेपाल प्रहरीका प्रहरी हल्दार भोज बा खड्का , प्रहरी जवान राजु कुलुङ राई र शुशिला कार्की घाईते भएका छन् ।

 

तस्वीर ः प्रेम देवान यता घाइते हुने विद्यार्थीहरूमा ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र्र मेहता, उमेश सेन्चुरी र साहिल झा रहेका छन् । विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनले दुई हप्ता अगाडिदेखि नोबलेको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।


नोबेलले नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा यहाँका विद्यार्थी र विभिन्न पाँच वटा विद्यार्थी संगठनहरुले महिनादेखि यतादेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् । विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएका छन् ।

\

तस्वीर ः प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्