विराटनगरको ईश्वर र कटहरीको कृषि सहकारी मर्ज

<span class='c1'>विराटनगरको ईश्वर र कटहरीको</span> <span class='c2'>कृषि सहकारी मर्ज</span>

विराटनगर । विराटनगर-८ स्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था र कटहरी-२ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था बिच एकीकरण भएको छ ।

सहकारी एकीकरण भएर रजिस्टार कार्यालय इटहरीबाट विधिवत् रूपमा प्रमाण पत्र पनि लिई सकिएको ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई. का व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए ।

दुई सहकारीको कात्तिक २६ गते सम्पन्न संयुक्त बैठकको निर्णय अनुसार सहमति भएका दुवै संस्थाको माघ ९ गते एकीकरण भएको भनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय सुनसरीबाट संस्था एकीकरण प्रमाणपत्र प्राप्त गरेको घिमिरेले बताए ।

एकीकरण पश्चात् ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई. विराटनगर –८ हाट खोला कायम भएको छ । दुई सहकारी एकीकरण भएपछि सहकारीको पुँजी १० करोड ३८ लाख ७८ हजार ३६५ रुपैयाँ ७१ पैसा पुगेको छ ।

तरकारी उत्पादक कृषि सहकारी संस्था लिई.को पुँजी १० लाख ४४ हजार ५८६ रुपैयाँ १२ पैसा रहेको थियो भने ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई.को पुँजी १० करोड २८ लाख ३३ हजार ७८९ रुपैयाँ ५९ पैसा रहेको थियो ।

ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो भन्दा पहिला २०७६ सालमा सपोट बचत तथा ऋण सहकारी संस्था लिई. कटहरिसँग एकीकरण गरेको थियो ।

सहकारीको विराटनगर महानगरपालिका, जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिका कार्यक्षेत्र रहेको छ ।हालका लागि सहकारीको अध्यक्षमा धर्म लाल सिंह कोइरी र अनिरुद्र प्रसाद राजवंशी सहित २० जनाको सञ्चालक समिति छ ।

धर्म लाल सिंह कोइरी ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई.का अध्यक्ष हुन भने अनिरुद्र प्रसाद राजवंशी तरकारी उत्पादक कृषि सहकारी संस्था लिई. कटहरिका अध्यक्ष हुन ।

सहकारीले ९० दिनभित्र एकीकृत साधारण सभा गरेर सञ्चालक समिति गठन गर्ने ईश्वर साकोसका व्यवस्थापक घिमिरेले बताए । त्यतिन्जेल सम्मका लागि दुवै संस्थाका सञ्चालक समितिले काम गर्ने उनको भनाई छ ।

सहकारीले केही दिन संस्था बन्द गरेर हिसाब किताब मिलाएर संयुक्त रूपमा कारोबार गर्न सुरु पनि गरिसकेको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्