विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ रिङ्गरोडको नहरमा माघ ८ गते अशोक ऋषिदेवलाई कुटपिट गरि हत्या गरेको आरोपमा स्थानीय ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुईजनाबीच भएको झगडामा राजबंशीले ऋषिदेवलाई कुटपिट गर्दा मृत्यु भएपछि उनी फरार रहेका थिए । प्रहरीले राजबंशीलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा अनुसन्धानका लागि म्याद थप गरेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले जानकारी दिनुभयो ।