मोरङ जिल्ला अदालतका २० जनालाई कोरोना संक्रमण, सेवा कटौती

<span class='c1'>मोरङ जिल्ला अदालतका २० जनालाई</span> <span class='c2'>कोरोना संक्रमण, सेवा कटौती</span>

विराटनगर । जिल्ला अदालत मोरङमा न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशसहित ठूलो संख्यामा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतले दिदै आएको सेवामा आलोपालो प्रणाली गरेको छ । मोरङ अदालतले सोमबार सूचना जारी गर्दै माघ ११ देखि २५ गतेसम्मको लागि महत्वपूर्ण सात वटा सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू कटौती गरेको जानकारी दिइएको छ ।

अदालतको सोमबार बसेको पूर्ण बैठकले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिने म्याद थप, पक्राउ पूर्जी, कल डिटेल अनुमति तथा जरुरी पक्राउ पूर्जी समर्थन सम्बन्धी कार्य सम्भव भएसम्म भर्चुअल विधिबाट गरिनेछ । थुनुवामात्र प्रतिवादी भएका मुद्दाहरूको पेसी तथा सुनुवाइ गरिने, बन्दी प्रत्यक्षीकरणका रिटहरू दर्ता र सुनुवाइ गरिने, अभियोग पत्र दर्ता गर्ने र अभियोग साथ पेश भएका प्रतिवादीहरूको बयान तथा थुनछेकसम्बन्धी कार्य गरिने सूचनामा उल्लेख गरिएको छ ।

पक्राउ परेका र निवेदन साथ हाजिर हुन आएका प्रतिवादीहरूको बयान तथा थुनछेकसम्बन्धी कार्य गर्दा प्रतिवादीहरूको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ । उक्त सूचना अनुसार अन्तिम हदम्याद बाहेकका दैनिक १० वटासम्म फिराद दर्ता गर्ने र मिलापत्र, मुद्दा फिर्ता, डिसमिस र तामेलीमा राख्नसम्बन्धी कार्य नियमित हुनेछ ।

यसैगरी घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश माग भएका निवेदन सुनुवाइ गरिने, फैसला कार्यान्वयनसँग सम्बन्धित थुनुवा÷कैदीका निवेदन दर्ता र सुनुवाइ गरिने जारी सूचनामा उल्लेख छ । माघ ११ देखि २५ गतेसम्म तोकिएको पेशी तथा सम्पूर्ण प्रकारका तारेख तथा म्याद र हदम्याद सो अवधिसम्म नगुज्रिने र सम्पूर्ण परिस्थितिको मूल्याङकन गरी पुनः सूचना प्रकाशित गरिने मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाद्वारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्