विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ६ बस्ने एक महिलाले एकैदिन ३ सन्तानलाई जन्म दिएकी छन् ।
धनपालथान–६ कदमाहा घर भएकी ३० बर्षीया अफ्सना खातुनले माघ १० गते नर्मल डेलिभरी मार्फत् दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । विराटनगरस्थित कोशी अस्पतालमा उनीहरुको जन्म भएको खातुनका श्रीमान मोहम्मद शकिलले बताए । माघ १० गते बिहान ३ बजेर १५ मिनेट, बिहान ५ बजे र ६ बजे क्रमशः शिशुहरुको जन्म भएको उनले जानकारी दिए ।
हाल शिशुहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।