विराटनगरमा दुईअर्ब ६१ करोडको खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याउन अनुदान स्वीकार

विराटनगरमा दुईअर्ब ६१ करोडको खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याउन अनुदान स्वीकार

विराटनगर । विराटनगरमा खानेपानी सुधार आयोजना सञ्चालन गरिने भएको छ । जापान सरकारको सहयोगमा दुई अर्ब ६१ करोडको अनुदान सहयोगमा आयोजना कार्यन्वयन गरिने भएको हो।

नेपाल सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी ऐन २५४१ मिलियन (करिब दुई अर्ब ६१ करोड) सम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ १० गतेको बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । त्यसमा विराटनगर खानेपानी सुधार आयोजना कार्यन्वयन गर्न जापान सरकारबाट प्राप्त अनुदान स्वीकार गर्ने रहेको छ । बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो ।

यसैगरी नेपाल विद्युत प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएको कार्कीले बताउनुभयो ।
यसैगरी, संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृत दिने, कृषि तथा वन विज्ञान विश्व विद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, भोजपुर जिल्लास्थिच नेपाली सेनाको श्री फष्टराइफल गणको व्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिको स्वामित्वमा रहेको करिब २०–१५–०–२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने र कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कैलालीको गोखावरी नगरपालिकाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्