राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई विजयी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई विजयी

विराटनगर । प्रदेश नं. १ बाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई १७४ मत सहित राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।

प्रदेश निर्वाचन कार्यालयद्वारा जारी मत परिणाम अनुसार एकीकृत समाजवादीकी राईले प्रदेशसभा सदस्यहरुको ५२ र स्थानीय तहका जनप्रतिनिधीहरुको १२२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभा सदस्यहरुको ३८ र स्थानीय तहका जनप्रतिनिधीहरुको १४१ मत पाईन् ।

मत परिणाम अनुसार निर्वाचनमा राप्रपाकी उम्मेदवार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीय तहमा ४ जना प्रतिनिधिको मत पाएकी छन् । महिलातर्फ ३ मत बदर भएको छ । बाँकी उम्मेदवारको मतगणना भने जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्