राष्ट्रियसभा निर्वाचन प्रदेश नं. १ : अल्पसंख्यकमा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

राष्ट्रियसभा निर्वाचन प्रदेश नं. १ : अल्पसंख्यकमा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

विराटनगर । प्रदेश नं. १ बाट अल्पसंख्यकमा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभाको निर्वाचनमा विजयी भएका छन् ।

एकीकृत समाजवादीका हेमराज राईलाई २८ मतान्तरले पराजित गर्दै शेर्पा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् । शेर्पाले १९४ मत ल्याउँदा राईले १६२ मत पाएका छन् । शेर्पाले प्रदेशसभा सदस्यहरुको तर्फबाट ४२ र स्थानीय जनप्रतिनिधिको तर्फबाट १५२ मत प्राप्त गरे । त्यही राईले प्रदेशसभा सदस्यहरुबाट ४९ र स्थानीय जनप्रतिनिधिबाट ११३ मत प्राप्त गरे ।

खुल्ला पदका उम्मेदवारको मतगणना भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्