धनपालथानकोे उखुबारीमा पुरुषको शव : सनाखत गर्न कठिन

धनपालथानकोे उखुबारीमा पुरुषको शव : सनाखत गर्न कठिन

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीमा गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

उखु काट्न गएका किसानले बारीमा खाल्डो खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो उत्खनन गर्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको हो । खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले आवर विराटनगरलाई बताए । उनले हालसम्म पुरुषको पहिचान हुन नसकेको जानकारी दिए । उनले भने, शव सडेको अवस्थामा छ । त्यही भएर हालसम्म शवको सनाखत हुन सकेको छैन् ।

बारीमा खनिएको खाल्डो शङ्कास्पद देखिएको जानकारी आएपछि बुधबार इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले उत्खनन गरेको थियो । उत्खनन गर्दा करिब ५ फिट गहिरो खाल्डोमा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले हाल घटनाको अनुसन्धान तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्