मोरङको धनपालथानस्थित कमलपुरमा अर्का एक पुरुषको शव फेला

मोरङको धनपालथानस्थित कमलपुरमा अर्का एक पुरुषको शव फेला

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीमा शंकास्पद अवस्थामा दुईवटा छुट्टाछुट्टै पुरुषको शव फेला परेको छ ।

उखुबारीको खाल्डोमा बुधबार बेलुका १ र बिहीबार दिउँसो १ जना पुरुषको शव फेला परेको हो । बुधबार उखु काट्न पुगेका किसानले उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उत्खनन् गर्दा बुधबार अन्दाजी ३५ वर्षीय पुरुषको शव खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । बिहीबारसम्म पहिचान खुल्न नसकेको उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीेले बिहीबार सोही ठाउँमा अर्का एक व्यक्तिको शव फेला पारेको छ ।

घटनास्थलदेखि झण्डै ४० मिटरको फरकमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका एसपी जर्नादन जिसीले बताए । उनले शंका लागेर उत्खनन् गर्दा शव फेला परेको जानकारी दिए । उनले भने, 'घटनाको प्रकृति हेर्दा एउटै व्यक्तिले हत्या गरेर गाडेको देखिन्छ । बाँकी थप अनुसन्धान पछि खुल्छ ।'

गाडेको अवस्थामा भेटिएका १ जना पुरुषको गोजिबाट प्रहरीले सिमकार्ड र पर्स पनि फेला पारेको छ । धनपालथान ७ को उक्त उखुबारी स्थानीय गंगा सिंहको हो । शव केहीदिन अगाडिको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले बरामद दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्