मोरङको धनपालथानको उखुबारीमा फेला परेका शवमध्ये एकको पहिचान खुल्यो

मोरङको धनपालथानको उखुबारीमा फेला परेका शवमध्ये एकको पहिचान खुल्यो

विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा हत्या गरेर गाडिएको अवस्थामा दुईजना पुरुषको शव फेला परेको छ । बुधबार अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको खाल्डो नजिकै बिहीबार अर्का ४९ वर्षीय पुरुषको शव फेला परेको हो ।

बुधबार राती गंगाप्रसाद सिंहको उखुबारीमा ३०–३५ वर्षीय पुरुषको शव फेला परेको थियो । सोहि स्थानका अर्का किसान बजरंगी सिंहको उखुबारी भित्र खाल्डो खनेको देखिएपछि बिहीबार प्रहरीलाई खबर गरिएको थियो । उखु काट्ने क्रममा खेतको बीच भागमा खाल्डो देखिएपछि शंकास्पद लागेर खबर गरेपछि प्रहरीले खाल्डो खन्दा सुनसरीको धराान–३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव फेला पारेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक एवं मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले शवसँगै फेला परेको कागजातका आधारमा हत्या गरेर गाडिएका व्यक्तिको पहिचान खुलेको बताउनुभयो । मृतक व्यक्तिको गोजीमा लाइसेन्स, एनटिसीको सिमकार्ड र पर्स फेला परेपछि त्यसको अधारमा प्रहरीले परिवारसम्म पुग्ने आधार खोजिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्