विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी चालकलाई मेघाको क्यूआर कोड

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी चालकलाई मेघाको क्यूआर कोड

विराटनगर । विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रर्वद्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नु भएको हो ।

यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगद भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने विश्वास छ । एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्र प्रालिसँग समन्वय गरेर विराटनगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्