जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भएको हो । बिहीबार जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले अस्पताल निर्माणको शिलान्यास गरेका छन् । कुल १७ बिगाहा क्षेत्रफल निर्माण हुन गईरहेको अस्पताल सरकारी र निजी अस्पतालको तुलनामा सुविधासम्पन्न हुने अस्पतालका संयोजक दामोदर रेग्मीले बताए । उनले आफ्नै विशुद्ध सेवा प्रवाह गर्ने उद्देश्यका साथ संस्थाको आफ्नै जग्गामा अस्पताल निर्माणकोे कार्य थालिएको जानकारी दिए । उनले भने, ‘अन्य अस्पतालको तुलनामा न्युन सेवा शूल्कमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ हामीले जीवन विकासको अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं । नाफा कमाउने हाम्रो उद्देश्य होईन् ।’

बिहीबार शिलान्यास भएको अस्पताल निमार्णको ठेक्का विराटनगरको आशिष/आशिर्वाद/स्वामीनारायण जेभीले लिएको छ । कुल अढाई अर्बमा ठेक्का सम्झौता भएको उक्त अस्पताल ब्लक अनुसार विभिन्न ३ चरणमा निर्माण हुने जनाईएको छ । २०८० साल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको अस्पतालको पहिलो ब्लक कुल ६५ करोडमा निर्माण हुने जीवन विकास समाजले जनाएको छ । समाजका अनुसार अस्पतालले प्रदेश नं. १ र मधेश प्रदेशका नागरिकलाई लक्षित गर्दै आफ्नो सेवा प्रवाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्