मोरङ व्यापार संघको नयाँ कार्य समितिको पदस्थापन

<span class='c1'>मोरङ व्यापार संघको नयाँ</span> <span class='c2'>कार्य समितिको पदस्थापन</span>

विराटनगर । मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नविन रिजाललाई चयन गरेको थियो ।

रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका उत्पादक हुन्। २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योगवाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार शा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शारडा निर्वाचित भए ।


संघको सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल छानिएका छन्। संघका निर्वाचित सदस्यमा अमित साराडा , विनित सिङ्घानियाँ, मनीष मारु, श्याम राठी , सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष् गोल्छा र पवन राठी छन्।

संघका ८ वटा विभिन्न शाखाबाट उर्लाबारी शाखाका चन्द्र भट्टराई सदस्यमा चुनिएका छन्। अध्यक्ष रिजालले अमित राठी, विवेक अग्रवाल, अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई सङ्घको कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन्। त्यस्तै आमन्त्रित सदस्यमा वन्दना जैन र ओमप्रकाश शर्मालाई मनोनीत गरिएको छ ।
बिहीबार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पूँजीगत खर्च गराउन संघले दबाब मूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्