विराटनगरको दुई स्कुललाई ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड

<span class='c1'>विराटनगरको दुई स्कुललाई ब्रिटिश</span> <span class='c2'>काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड</span>

विराटनगर । विराटनगरस्थित लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुल र श्री श्री रविशंकर विद्या मन्दिरले ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड अन्तर्गतको फुल अवार्ड प्राप्त गरेका छन् ।

प्रयोगात्मक सिकाई पद्धतिलाई प्राथमिकतामा राखेर पठनपाठन गराउँदै आएको दुवै विद्यालयले पहिलो प्रयासमै काउन्सिलको उक्त अवार्ड प्राप्त गरेका हुन् । ब्रिटिश काउन्सिलको मापदण्डमा आधारित विभिन्न परियोजनामा योग्य ठहर भएपछि विराटनगका दुई निजी विद्यालयले उक्त पुरस्कार प्राप्त गरेका हुन् । इन्टरनेशनल स्कुल अवार्डमा सहभागिताका लागि ब्रिटिश काउन्सिलले हरेक वर्ष आवदेन खुलाउने गरेको छ । आवेदनमा छनौट भएका विद्यालयहरुलाई काउन्सिलले संयुक्त राष्ट्र संघको दिगो विकासका १६ मध्ये कुनै एक लक्ष्यलाई सघाउ पुग्ने गरि ७ वटा परियोजनमा काम गर्न लगाउँछ ।

विद्यार्थीहरुलाई समेत सहभागी गराएर परियोजना सम्पन्न गरिसकेपछि सम्बन्धित विद्यालयले यथेष्ठ प्रमाण सहित परियोजनाको विस्तृत विवरण र आवश्यक कागजात ब्रिटिश काउन्सिललाई पठाउनुपर्छ । स्थानीय नगर शिक्षा अधिकारीको सिफारिशमा उक्त कागजातहरु पठाईसकेपछि उचित मुल्याङ्कनको आधारमा ब्रिटिश काउन्सिलले सम्बन्धित विद्यालयलाई ‘फुल र फाउण्डेशन’ अवार्ड प्रदान गर्ने गर्दछ ।

ब्रिटिश काउन्सिलको सोही परियोजनमा उत्कृष्ट साबित भएपछि विराटनगर–२ मा अवस्थित रहेको लिलिपुट र रविशंकर विद्या मन्दिरले फुल अवार्ड प्राप्त गरेका हुन् । उक्त अवार्ड अन्तर्गत विद्यालयले भाबी समयमा शैक्षिक गुणस्तर सुधारका उपाय, प्रविधिमा आधारित नयाँ सीपहरुको विकास, कार्यशाला तथा तालिम, अन्तराष्ट्रिय जगतमा विचार आदानप्रदानको प्लेटफर्म र नयाँ परियोजनाका लागि अनुदान सहयोग लगायतका अवसरहरु प्राप्त गर्ने लिलिपुटका प्रधानाध्यापक चिरञ्जीवी तिम्सिनाले बताए । ‘ब्रिटिश काउन्सिका तर्फबाट हामीले रिसिप्ट टोकन भिजिटका लागि अनुदान समेत प्राप्त गरेका छौं,’ उनले भने, ‘यसमा लण्डनको बेल लेन प्राईमरी स्कुलका शिक्षकहरु हामी कहाँ आउने र हामी त्यहाँ जाने एउटा ग्रान्ट स्वीकृत भएको छ । कोभिडले गर्दा मात्र हामी त्यहाँ जान नपाएका हौं ।’

सन् २०१२ देखि हालसम्म ब्रिटिश काउन्सिलको इन्टरनेशल स्कुल अवार्डमा ४९३ वटा विद्यालयहरुले सहभागिता जनाईसकेका छन् । जसमा १४६ वटा विद्यालयहरुले काउन्सिलको फुल अवार्ड प्राप्त गरेका छन् । सन् २०१९ मा विराटनगरबाट कुल ५ विद्यालयले काउन्सिलको उक्त अवार्डका लागि सहभागिता जनाएका थिए । जसमा गएको मंगलबार विराटनगरको लिलिपुट र रविशंकरले उक्त पुरस्कार पाएका छन् । सहभागिता पश्चात विराटनगर–२ को रविशंकरले काउन्सिलको मापदण्डमा आधारित रहेर ७ वटा प्रोजेक्ट तयार पारेको थियो । उक्त प्रोजेक्टमा उत्कृष्ट ठहर भएपछि अवार्ड पाएको विद्यालयकी प्रधानाध्यापक सीमा अग्रवालले बताईन् । उनले सहभागिता पश्चात नर्चरिङ मोरल भ्याल्युज इन प्राईमरी स्कुल, अर्गानिक एग्रीकल्चर, द बटरफ्लाई, रेन वाटर हार्भेस्टिङ, सिरुवा अन आइडेन्टिटी आफ राजवंशी कम्युनिटी, इन्ट्रोड्युसिङ चाईनिज एज वल्र्ड मस्ट स्पोकन ल्याङगुवेज र हार्मोनी विथ नेचर लगायतका प्राजेक्ट तयार पारिएको जानकारी दिईन् । उनीले भनिन्, ‘ब्रिटिश काउन्सिलको उक्त कार्यक्रममा सहभागी भएपछि हामीले संयुक्त तथा सरकारी कार्यपद्धति, विद्यालयको प्राचार्यमा हुनुपर्ने नेतृत्वदायी क्षमता र इन्टरनेशनल एक्स्पोजर लगायतका बिषयवस्तुबारे सिक्न पायौं ।’

विराटनगरस्थित श्री श्री रविशंकरले अवार्ड स्वरुप प्रमाणपत्र र शिल्डका साथै ‘काईट मार्क’ समेत प्राप्त गरेको छ । यसले अन्तराष्ट्रिय स्तरमा विद्यालयको शैक्षिक गुणस्तर र सिकाई पद्धतिबारे जानकारी दिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्