विराटनगर । कोरोना माहामारीको समयमा पुर्वाअञ्चल चालक तथा परिचालक सेवा प्रवद्र्धन केन्द्रले आमसर्वसाधरणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गर्दै आएको छ ।
पुर्वाअञ्चल चालक तथा परिचालक सेवा केन्द्रले विराटनगर बसपार्कमा मास्क नलगाई हिड्ने आम सर्वसाधरण , चालक , परिचालक तथा यात्रुहरुलाई मास्क वितरण गर्दै आएको हो ।
‘आफ्नो सुरक्षा आफै गरौ’ भन्ने मुल नारा सहित कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै सेवा केन्द्रले आमसर्वसाधरणदेखी सिटी सवारी चालक र यात्रुहरुलाई मास्क र सेनिटाईजर वितरण गरिएको सेवा केन्द्रका जिवन आले मगरले जानकारी दिए । 
बसपार्कमा मास्क नलगाई हिड्डुल गर्नेहरुलाई कोरोना माहामारीबाट रोकथाम तथा न्युनिकरणमा थप मदत पुगोस भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको आलेले बताउनुभयो । यो अभियान निरन्तर रहने समेत पुर्वाञ्चल चालक तथा परिचालक सेवा केन्द्र विराटनगरले जनाएको छ ।
