विराटनगर दरैया क्षेत्रबाट एकलाख ६५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर दरैया क्षेत्रबाट एकलाख ६५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर । विराटनगर–१६ दरैया क्षेत्रबाट भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको एकलाख ६५ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा सुरक्षा पोष्ट दरैयाले भाडावर्तन र लत्ताकपडा बरामद गरेको हो ।

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा काँचको थाल ११० थान, पित्तलको भाँडा ६ थान, घण्टी ३ केजी, स्टिलको काँटा ५८ केजी, हर्केश ३ थान, टेन्टको कपडा ५ रोल, पेन्टी ४२ गोटा, बर्को २४० थान नियन्त्रणमा लिइएको हो । बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्