विराटनगरमा फागुन १३ र १४ गते प्रादेशिक आर्थिक सम्मेलन आयोजना गरिने

विराटनगरमा फागुन १३ र १४ गते प्रादेशिक आर्थिक सम्मेलन आयोजना गरिने

विराटनगर । उद्योग संगठन मोरङले प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । सरकार र नीजि क्षेत्रको सहभागितामा आगामी फागुन १३ र १४ गते ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ विषयमा प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गरिने भएको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बाह्रखरी मिडियासँगको सहकार्यमा आर्थिक सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो । बाह्रखरी मिडियाले धरानमा गल्फ प्रतियोगिताको आयोजना गर्दै छ । त्यस अवसरमा धरानमा हिजो भएको पत्रकार सम्मेलनमा आर्थिक सम्मेलन आयोजना गरिने घोषणा गरिएको हो ।

आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा बिराटनगरमा आर्थिक सम्मेलनको आयोजना गरिने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश नं १ सरकारले समग्र प्रदेश नं १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको थियो । प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तीमा सघाउ पु¥याउन आर्थिक सम्मेलनले सहयोग गर्ने विश्वास आयोजकको रहेको छ ।

सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागी हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।
पूर्व अर्थ सचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने संघिय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु,विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने गरि तयारी भइरहेको छ । सम्मेलनमा प्रधानमन्त्रीलाई प्रमुख अथिति बनाउने आयोजकले जानकारी दिइएको छ ।

सम्मेलनको तयारीका लागि प्रदेश नं १ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागी ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिने भएको छ । धनकुटामा माघ १७ गतेदेखि राउण्ड टेबुल सुरु गरेर इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा आयोजना हुनेछ । यसरी सबै क्षेत्रबाट प्राप्त सुझावहरुलाई समेत आधार बनाई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रदेश नं १ का आर्थिक एजेण्डाहरु स्थापित गराउने लक्ष्य राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्