विराटनगरस्थित रविशंकर विद्या मन्दिरले अभिभावकहरुका लागि बिशेष कार्यशाला गर्ने

<span class='c1'>विराटनगरस्थित रविशंकर विद्या मन्दिरले अभिभावकहरुका</span> <span class='c2'>लागि बिशेष कार्यशाला गर्ने</span>

विराटनगर । विराटनगरस्थित श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धति थप गुणस्तरीय बनाउन बिशेष कार्यशाला गर्ने भएको छ ।

रविशंकर विद्या मन्दिर आउँदो माघ २९ र फाल्गुण ७ गते विद्यालयमै अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्रति रुचि बढाउने बिषयमा अभिभावकहरुलाई बिशेष प्रशिक्षण दिने विद्यालयको तयारी छ । घरमा पनि पठनपाठनको वातावरण तयार पार्ने, अनलाईन सिकाई पद्धतिलाई थप प्रभावकारी बनाउने र बालबालिकालाई नयाँ अभ्यासमा सामेल हुन प्रेरित गर्ने बिषयमा अभिभावकलाई प्रशिक्षण दिन कार्यशालाको आयोजना गर्न लागिएको विद्यालयकी प्रधानाध्यापक सीमा अग्रवालले बताईन् । उनले माघको अन्तिम र फाल्गुणको पहिलो साता हुने कार्यशाला २÷२ घण्टाको रहेको जानकारी दिईन् । ‘कार्यशालामा विद्यालयको पिजीदेखि कक्षा ३ सम्मका ७० जना बालबालिकाका अभिभावहरुको सहभागिता रहन्छ’ उनीले भनिन्, ‘उहाँहरुलाई मैले स्वयंम प्रशिक्षण दिने तयारी छ ।’

वि.सं. २०६४ सालमा स्थापना भएकोे श्री श्री रविशंकर विद्या मन्दिरमा हाल कक्षा १० सम्म पढाई हुने गरेको छ । विद्यालयमा कुल १७५ जना विद्यार्थीहरु अध्ययनरत छन् । गुणस्तरीय र प्रविधिमैत्री शिक्षण सिकाई पद्धतिमा जोड दिएको विद्यालयले प्रत्येक कक्षामा १८ जना विद्यार्थी मात्र भर्ना लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्