सोनाम ल्होेसारको अवसरमा भोलि देशैभर सार्वजनिक बिदा

<span class='c1'>सोनाम ल्होेसारको अवसरमा भोलि</span> <span class='c2'>देशैभर सार्वजनिक बिदा</span>

विराटनगर । सोनाम ल्होसारको अवसर पारेर बुधबार नेपाल सरकारले मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालय मार्फत एक सुचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रालयबाट जारी सुचनामा माघ १९ गते देशभरिका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुलाई बिदा दिने निर्णय गरिएको व्यहोरा उल्लेख छ ।

किन मनाईन्छ सोनाम ल्होसार ?
सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।

तिब्बती भाषाको ‘लो’ र ‘सार’ बाट बनेको ल्होसारमा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हुने भएकोले यस पर्वलाई ‘नयाँ वर्ष’ का रुपमा मनाउने गरिन्छ । त्यसैले तिब्बती क्यालेण्डर अनुसार यस पर्वलाई पुरानो वर्षको अन्त्य र नयाँ वर्षको आगमनको रुपमा मनाउने प्रचलन रहिआएको छ । तिब्बतीयन सांस्कृतिक परम्परा अनुसार पुरानो वर्षलाई मृत वर्षका रुपमा लिईन्छ । पुरानो वर्षलाई हटाएर नयाँ वर्ष ल्याउन विशेष संस्कार गर्नुपर्छ त्यो संस्कार नै ल्होसार पर्व हो ।

हिमाली भेगमा बसोबास गर्ने समुदायले यस पर्वलाई आ–आफ्नो अनुकूलता अनुसार तीन किसिमले मनाउने गर्दछन् । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन यो पर्व मनाईने गरिन्छ । सोनाम ल्होसार र चिनिया नयाँ वर्ष एकै दिन मनाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्