बैंकिंङ् कसुर मुद्दामा विराटनगर–६ बाट एकजना पक्राउ

बैंकिंङ् कसुर मुद्दामा विराटनगर–६ बाट एकजना पक्राउ

विराटनगर । बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् ।

लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउपछि माेरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्