विराटनगर भन्सारसम्म कार्गोरेल ल्याउन मोरङ व्यापार संघले दवाव बढाउने

विराटनगर भन्सारसम्म कार्गोरेल ल्याउन मोरङ व्यापार संघले दवाव बढाउने

विराटनगर । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आइसिपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशिघ्र पहल बढाउन सरकारसँग माग गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरको आइसिपीसम्म रेलमार्ग आइपुगेको अवस्थामा भारतीय पक्षले यार्ड निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै अब कुटनीतिक पहल आवश्यक रहेको बताउनुभयो । उद्योगी–व्यवसायीले निर्माणस्थलको अनुगमन गरेर निर्माण पक्षसँग बुधबार संवाद समेत गरेका छन् ।

अध्यक्ष रिजालले भारतीय रेलवे विभागले भारतको बथनाहादेखि विराटनगरको आइसिपी सम्मको रेलमार्गमासफल परीक्षण गरिसकेकोले सशक्त कूटनीतिक पहल भएमा आइसिपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । रिजालले आइसिपीमा कन्टेनर लोडअनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने काम बाहेक भारतीय पक्षले काम अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।
भारतीय पक्षले आइसिपी नजिकको रेल स्टेसनमा आगामी मार्चभित्र पक्की यार्डको निर्माण गरिसक्ने जानकारी उद्योगी–व्यवसायीको टोलिलाई गराएको छ । अप्रिलको अन्तसम्ममा त्यहाँ कार्गोरेल ल्याउन सकिने अवस्था बन्ने भएकोले सरकारी पहल आवश्यक रहेको उद्योगीहरुको बुझाई छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले भौतिक योजना मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेल विभाग लगायतका निकायमा सङ्घको टोली रेलमार्ग सञ्चालनका लागि आग्रह गर्ने बताउनुभयो । विराटनगरको आइसिपीसम्म कार्गोरेल ल्याउन भारतको रेल विभाग पनि सकारात्मक सुनेको छु, उपाध्यक्ष राठीले भन्नुभयो–दह्रो कूटनीतिक प्रयास नेपालले गर्नुपर्ने हुन्छ ।
नेपालले भारतसित अविलम्ब कार्गोरेलको सम्झौता टुङ्ग्याउन व्यापार सङ्घले दबाब दिने दावी गरिएको छ । भारतको मिरगञ्ज पुल क्षतिग्रस्त बनेपछि ढुवानीमा समस्या बेहोर्दै आएका उद्योगीहरुले कार्गो रेल सोझै विराटनगर आउन सके सबै झन्झट अन्त्य हुने बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्