विराटनगरमा जनमत पार्टीको विरोध प्रर्दशन भोली सडकमा बसेर यातायात अवरुद्ध पार्ने चेतावनी

<span class='c1'>विराटनगरमा  जनमत पार्टीको विरोध प्रर्दशन भोली</span> <span class='c2'>सडकमा बसेर यातायात अवरुद्ध पार्ने चेतावनी</span>

विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेवास्ता गरेकोले यसपालीको किसान आन्दोलन सफल बनाउन सवैले तह र तप्काका नागरिक उठ्ने पर्ने बताउँदै आएको छ । यसै क्रममा किसानलाई समयमा मलखाद उपलब्ध गराउनु पर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आएको । यसैविच भोली विराटनगरमा सडकमा बसेर सवारीसाधनलाई अवरोध हुने गरी यातायात अवरुद्ध पार्ने कार्यक्रम रहेको जनमत पाटीका कार्यकर्ता विष्णु राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्