मन्त्रालय विभाजन गरेको भन्दै प्रदेश १ का मुख्यमन्त्रीलाई देखाईयो कालो झण्डा

<span class='c1'>मन्त्रालय विभाजन गरेको भन्दै प्रदेश १</span> <span class='c2'>का मुख्यमन्त्रीलाई देखाईयो कालो झण्डा</span>

विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् ।

दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाएका हुन् । विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झण्डा देखाईएको हो । अनेरास्ववियु केन्द्रिय कमिटीका उप–महासचिव भाष्कर खनालको नेतृत्वमा आएका करिब २५ जना विद्यार्थीहरूको समुहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।

घटनास्थलमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विद्यार्थीहरुलाई रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो । संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धनको सरकारले ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेकाले आन्दोलनको आवश्यकता परेको अनेरास्ववियु उप–महासचिव भाष्कर खनालले बताए । उनले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याईएसम्म आन्दोलन जारी रहने जानकारी दिए ।

कालो झण्डा प्रर्दशनपछि आवर विराटनगरसँग कुरा गर्दै राष्ट्रिय युवा संघ मोरङ जिल्ला सदस्य विनोद परियारले सरकारद्वारा मन्त्री पाल्ने र कार्यकर्ता पोस्ने कार्य भईरहेको बताए । उनले सरकारको यो कदम तत्काल नसच्याईए युवा संघ जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए ।

प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश नं. १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।

जसमा स्वास्थ्य, सामाजिक विकास, सडक पूर्वाधार तथा शहरी विकास, खानेपानी, ऊर्जा तथा सिँचाई, उद्योग, श्रम तथा रोजगार, वन, वातावरण तथा भू–संरक्षण, संस्कृति तथा पर्यटन, कृषि तथा पशुपन्क्षी विकास र भूमि व्यवस्था, सहकारी तथा यातायात व्यवस्था साविकका ४ मन्त्रालय विभाजन पश्चात बनेका नयाँ ९ मन्त्रालयहरु हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्