प्रदेश सरकार विस्तार विरुद्ध एमाले निकट युवा–विद्यार्थीको विरोध प्रदर्शन

<span class='c1'>प्रदेश सरकार विस्तार विरुद्ध एमाले</span> <span class='c2'>निकट युवा–विद्यार्थीको विरोध प्रदर्शन</span>

विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्ववियुले नाराबाजी गरेका हुन् ।

गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ । मनलाग्दी प्रदेश सरकारका मन्त्रीहरु थपिएको भन्दै एमालेले संस्थागत रुपमा विरोध गरिसकेको छ । युवा तथा विद्यार्थी संगठनले नवनियुक्त मन्त्रीहरुलाई सपथस्थल जान नदिन भन्दै्र बाटोमा विरोध जनाएका हुन् । उनीहरुको विरोध कार्यक्रम अझैसम्म जारी रहेको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको थियो । तर, थप छलफलका कारण तोकिएको समयमा सपथ भईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्