विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा

<span class='c1'>विराटनगरमा सत्कार होटल एण्ड</span> <span class='c2'>टुरिजम स्कुल संचालनमा</span>

विराटनगर । इटिभिए मलेसियाबाट सम्बन्धन प्राप्त र सास्थम कलेजको टेक्निकल सपोर्टमा विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा आएको छ ।


आईतबार सरस्वती पुजाको अवसर पारेर विराटनगर १० स्थित संन्सारी माई स्थानमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा ल्याएको हो । विराटनगरको नेशनल एकेडेमी कलेजका प्रिन्सीपल सफलदेव साह सहित ७ जनाको टिमले सो कलेजसंग सहकार्य गरेर होटल मेनेजमेन्ट सम्बन्धीको कोर्षलाई अगाडी बढाएको छ ।
कलेजमा होटल म्यानेजमेन्ट, टुरीजम र फेसन डिजाइन सम्बन्धि कोर्स पढाई हुने कलेजले जनाएको छ । कोर्स अन्र्तगत  डिम्लोमाको एक बर्ष सम्मका कार्यक्रम राखिएको सत्कार होटल एण्ड टुरिजम स्कुलका फाउण्डर डाइरेक्टर दीपेन भट्टराईले जानकारी दिए । स्कुलमा सुविधा सम्पन्न कक्षाकोठा साथै दक्ष प्रशिक्षकहरूकोे टोलीले विद्यार्थीहरूलाई अध्ययन अध्ययापन गराउने कलेजले जनाएको छ ।
सो टुरिजम स्कुलमा दिपेन भट्टराई, सफल देव साह , विवेक आचार्य, शैलेन्द्र गणेश, राजेश गुरुङ, सुभल पौडेल र चन्दन साह संचालक समितिमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्