केएमसीको निःशुल्क स्वास्थ्य शिविर जारी, रामेछापमा दुई दिने शिविर आयोजना 

<span class='c1'> केएमसीको निःशुल्क स्वास्थ्य शिविर जारी,</span> <span class='c2'>रामेछापमा दुई दिने शिविर आयोजना </span>

रामेछाप, २४ माघ । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ विरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्