विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ ।
आगामी फाल्गुण पहिलो सातादेखि विराटनगरस्थित कोशी अस्पताल अगाडि मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजी आईटम पहिलोपटक विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब ३० लाख रुपैयाँको लगानीमा मोःमो हाउस सञ्चालनमा ल्याउन लागेका हुन् ।
मोःमो हाउस सञ्चालनका निम्त्ति भने हाल निमार्ण कार्यहरु धमाधम भईरहेको जनाईएको छ ।