जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान

<span class='c1'>जेष्ठ नागरिकलाई न्यानो कपडा</span> <span class='c2'>र पौष्टिक आहारा प्रदान</span>

विराटनगर । विराटनगरको एक कार्यक्रममा मंगलबार जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको छ ।

समपर्ण नेपाल स्पोर्टीग क्लबले स्थानीय शितल धर्मशालामा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी मोरंग काग्रेसका उपसभापती नागेश कोईरालाले कांग्रेस नेतृ अनुजा कोईरालाले बृद्ध बृद्धालाई पौष्टिक आहारा प्रदान गर्नुका साथै न्यानो लुगा लगाईदिएर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बोल्द्र प्रमुख अतिथी कोईरालाले सो क्लबले प्रशंसा योग्य काम गरेको बताए । उनले भने,यस्तो राम्रो काम जनताकालागी भएको छ , हुनुपर्छ,।

कार्यक्रममा कांग्रेस नेतृ अनुजा कोईरालाले क्लबको कामको प्रशंसा गरे । (अनुजा) कांग्रेस विराटनगर ९ को सभापती हुन । विराटनगर ९ को आर्थिक सहयोगमा संञ्चालीत कार्यक्रम ४० जना बृद्ध बृद्धालाई पौष्टिक आहारा तथा न्यानो लुगा वितरण गरेको क्लबका अध्यक्ष अनिल थापाले जानकारी दिए । यस अघि पनि सो क्लबको आयोजनामा ५० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको थियो ।

त्यतीमात्र होई सो क्लबका अध्यक्ष थापाले बिगत एक हप्ता देखि विराटनगर ९ का विभिन्न ठाँउका करिब एक सय जेष्ठ नागरिक र बालबालीकालाई न्यानो कपडा र पौष्टिक आहारा वितरण गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्