विराटनगर । कोरोना भाइरसको तेस्रो लहरको मध्यनजर गर्दै सरकारले मुलुकभरका शिक्षण संस्था बन्द गराएको लामो समयपछि पुन सुचारु गरेको छ ।
कोरोना भाईरसको संक्रमण दर कम हुदै गएपछि सरकारले देशभरिका शिक्षण संस्था फेरि सुचारु गर्ने निर्णय गरेको थियो ।
ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय, कलेज र विश्वविद्यालयको पढाइ र परीक्षा सुरू भएको हो।
यता विराटनगर महानगरभित्र रहेका स्कुल तथा कलेजहरु पनि पुर्ण रुपमा सुचारु भएका छन् । विद्यालय बन्द भएको बेला विद्यार्थीहरुलाई अनलाईन कक्षाको माध्ययबाट पठनपाठन गर्दै आएको थियो । अनलाईन कक्षाबाट विद्यार्थी मात्र हैन अभिभावक समेत वाक्क भईरहेकोबेला भौतिक रुपमा सुचारु भएपछि विद्यार्थीहरु खुशी भएका छन् ।
यो बीचमा सरकारले विद्यालय बन्द गरेर १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाएको थियो। धेरै बालबालिकाले खोप लगाइसकेकाले विद्यालय खोल्नु सुरक्षित भएको सरकारले जनाएको छ।