मनमोहन प्राविधिक विश्वविद्यालयले दशवर्षमा २८ शैक्षिक कार्यक्रममार्फत २८३१ प्राविधिक जनशक्ति उत्पादन गर्ने

मनमोहन प्राविधिक विश्वविद्यालयले दशवर्षमा २८ शैक्षिक कार्यक्रममार्फत २८३१ प्राविधिक जनशक्ति उत्पादन गर्ने

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले चालु आर्थिक वर्षमा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स शैक्षिक कार्यक्रमको भर्ना आह्वान गरेको छ । प्रादेशिक प्राविधिक विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेपछि मनमोहनले दुईवटा शैक्षिक कार्यक्रम सञ्चालनको आधार तयार पारेर भर्ना खोलेको हो ।

विश्वविद्यालयले कार्यन्वयनमा आएका शैक्षिक कार्यक्रम बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति डा.सुभास पोखरेलले दशवर्षे कार्ययोजना तयार पारिएको जानकारी दिनुभएको छ । जस अन्तर्गत तीनवटा स्कूल सञ्चालनमा ल्याउने छ । क्रमशः स्कूल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी, स्कूल अफ इन्जिनियरिङ्ग, र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन गरिने भएको हो ।

यस बाहेक विश्वविद्यालयले दशवर्षे भावी कार्ययोजना र पाठ्यक्रम तर्जूमाको काम सकेको उपकुलपति डाक्टर पोखरेलले जानकारी दिनुभयो । पहिलो पाँचवर्षे कार्ययोजना (२०७८–२०८२) मा सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर इन्जिनियरिङ्ग, इलेक्ट्रीकल एण्ड इलोक्ट्रोनिक्स, कम्प्यूटर÷सूचना प्रविधि इन्जिनियरिङ्गको बी.ई कार्यक्रम सञ्चालन गरिने भएका छन् । यसैगरी ब्याचलर ईन मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, ब्याचलर ईन पब्लिक हेल्थ, बी.एस.सी. ईन फार्मेसी, एम.एस.सी. ईन स्ट्रक्चरल इन्जिनियरिङ्ग, एम.एस.सी. ईन पावर सिस्टम, एम.एस.सी.ईन इन्भारोमेन्टल हेल्थ एण्ड सेफ्टी, एम.एस.सी. ईन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट र एम.एस.सी.ईन हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट गरि ७ विधामा स्नातक र पाँच विधामा स्नाकोत्तरको शैक्षिक कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रमबाट एकहजार ४८० जना विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको छ ।

यसैगरी दोस्रो पाँचवर्ष (२०८३–२०८७) मा ब्याचलर ईन बायोमेडिकल इन्जिनियरिङ्ग, बी.ई.ईन मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ्ग, बी.एस.सी ईन एग्रीकल्चर÷फरेस्ट्री, बी.एस.सी.ईन अष्टोमेट्री, ब्याचलर अफ होटल म्यानेजमेन्ट, एमबीबीएस गरि ६ वटा स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । स्नातकोत्तरतर्फ ट्रान्सपोर्ट वा टनेल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ्ग, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरि पाँच विषयका पढाई गर्ने लक्ष्य राखिएको छ ।

विश्वविद्यालयले दशवर्षपछि स्ट्रक्चरल इन्जिनियरिङ्ग÷ट्रान्सपोर्टेसन इन्जिनियरिङ्ग, पब्लिक हेल्थ, इलेक्ट्रीकल इन्जिनियरिङ्ग, इन्भारोमेन्टल हेल्थ एण्ड सेफ्टी र न्याचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी पाँच विषयमा विद्यावारिधी गराउने लक्ष्य राखेको उपकुलपति डाक्टर पोखरेलले जानकारी दिनुभयो । यी सबै कार्यक्रम कार्यन्वयनमा आउँदा दुईहजार ८३१ विद्यार्थी लाभान्वित हुने उद्देश्य राखिएको छ ।

विश्वविद्यालयले दशवर्षे शैक्षिक कार्यक्रमको पाठ्यक्रमको ढाँचा तथा विभिन्न नियमावलीहरु जारी गरेको उपकुलपति पोखरेलले जानकारी दिनुभयो । पाठ्यक्रमको प्रारुप तयार गर्नका लागि सुनसरी–मोरङ औद्योगिक करिडोरका प्राविधिकसँग परामर्श लिइएको जानकारी दिइएको छ । करिडोरलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने गरि सैद्धान्तिक र अभ्यासगत प्रणालीको पढाई हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्