विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिनामा संलग्न अर्का एकजना कर्मचारी पक्राउ परेका छन् । मोरङ प्रहरीले रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षीय होम प्रसाद पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेका पौडेल सप्तकोशी डेभलपमेन्ट बैंकका सेवा विभागका कर्मचारी हुन् । बैंकको रकम हिनामिना सहयोग पु¥याएको आरोप उनलाई छ ।
बैंकका तत्कालिन सिइओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । बैंकको रकम घोटाला गरेको आरोपमा यसअघि सिइओ सुवेदीसहित १४ पुसमा बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरि मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
यसअघि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकिङ्ग कसुरमा मोरङ प्रहरीले पक्राउ परेका पाँच जनासहित १२ जनालाई प्रतिवादी बनाउने भएको छ । बैंकको रकम घोटला प्रकणमा सहयोग पु¥याउने थप ७ जनालाई पनि प्रतिवादी बनाएर अदालतमा अभियोग लैजाने भएको हो । ‘बैंकिङ कसुरमा पक्राउ परेका पाँच कर्मचारी र बैंकको रकम घोटाला प्रकरणमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउनेलाई पनि प्रतिवादी बनाउने तयारी गरिएको छ । नियन्त्रणमा रहेका पाँच र ७ जनालाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग लैजाने तयारी गरिएको छ
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरि अदालतमा अभियोग दर्ता हुन्छ ।