विराटनगरमा यही फाल्गुण ११ देखि मारवाडी प्रिमियर लिग हुने

विराटनगरमा यही फाल्गुण ११ देखि मारवाडी प्रिमियर लिग हुने

विराटनगर । नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा आउँदो फाल्गुण ११ गतेदेखि विराटनगरमा ४ दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आउँदो फाल्गुण ११ देखि १४ गतेसम्म नवौं संस्करणको मारवाडी प्रिमियर लिग हुने भएको हो । खेलमा विराटनगरको मारवाडी समुदायको पाँच घटकको ५ टिमले सहभागिता जनाउने छन् । खेलमा अग्रवाल युवा मञ्चबाट म्याजिक स्ट्राईकर, महेश्वरी युवा मञ्चबाट प्रिमियर इलेभन, ओस्वाल युवा मञ्चबाट हुलास इलेभन, नेपाल ब्राह्मण युवा मञ्चबाट पर्शुराम वारियर्स र मेड स्वर्णकार युवा मञ्चबाट सिएसभी इलेभनको सहभागिता रहने आयोजक संस्थाका मुख्य संयोेजक हेमन्त अग्रवालले बताए । उनले फाल्गुण ११ गतेदेखि सुरु हुने प्रिमियर लिगमा फाईनल सहित कुल ११ वटा खेल हुने जानकारी दिए ।

विराटनगर–२ स्थित शंकरपुर खेलमैदानमा क्रिकेट टुर्नामेन्टको आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार खेलको पहिलो, दोश्रो र तेश्रो दिन ३÷३ वटा र अन्तिम दिन लिग म्याचपछि फाईनल चरणको खेल हुनेछ ।

खेलको विजेता र उप–विजेताले पाउने पुरस्कार लगायतका विस्तृत जानकारी फाल्गुण ५ गते नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिईने जनाईएको छ । नेपाल अग्रवाल युवा मञ्चले भने विगत १२ वर्षदेखि मारवाडी प्रिमियर लिग (एमपिएल) को आयोजना गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्