दुई प्रहरी निरीक्षक माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

<span class='c1'>दुई प्रहरी निरीक्षक माघ</span> <span class='c2'>महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित</span>

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूह आरआईटीमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै उनीहलाई सर्वोकृष्ठ घोषित गरिएको हो ।
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको र मोरङ धनपालथान गाउँपालिका वडा नम्वर–७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर(१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरेको भन्दै प्रशंसाका साथ सर्वोकृष्ट घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ूकू स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्