विराटनगर । मृतकका श्रीमतीलाई अस्पतालमा रोजगारी दिने सहमती भएपछि लाईगार्ड हस्पिटलको विवाद टुङ्गिएको छ । अस्पताल प्रशासन , मृतकका आफन्त, मोरङ प्रहरी र बर्जुगााउपालीकाका जनप्रतिनीधी विच भएको छलफल पछि विवाद टुङ्गिएको हो ।
अस्पतालसँग मृतका आफन्तले ५ लाख क्षतिपुर्ति दिनुपर्ने माग राख्दै आएका थिए । अस्पतालले ५ लाखको सट्टा मृतका परिवारलाई विभिन्न उपचारमा छुट तथा मृतककी श्रीमतीलाई रोजगारी दिने सहमती भएपछि अहिले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले मृतकको शव समेत बुझेको अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले जानकारी दिए ।
विराटनगर बरगाछीमा रहेको लाईफगार्ड हस्पिटलमा उपचारको क्रममा मृत्यु भएपछि बिहीबार विहानैदेखी राती अबेर अस्पताल तनाव ग्रष्त बनेको थियो । सुनसरी बर्जु १ का २२ बर्षिय धनी उराँव मोटरसाईकलमा दुर्घटनामा परि उपचारको लागी बुधबार राती अस्पताल ल्याइएको थियो । तर उपचार कै क्रममा उराँवको बिहीबार विहान मृत्यु भएको थियो ।
चिकित्सकको लापारबाहीबाट मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल अगाडी बिहीबार दिनभरी नै टायर बालेर प्रदर्शन गरेका थिए ।