विराटनगरमा जारी जुत्ता चप्पल मेला फेरी एक महिना थपियो

<span class='c1'>विराटनगरमा जारी जुत्ता चप्पल मेला</span> <span class='c2'>फेरी एक महिना थपियो</span>

विराटनगर । विराटनगरमा जारी जुत्तापप्पल मेला पुन एक महिनाको लागी थप गरिएको छ ।

स्वदेशी वस्तुको प्रवद्धन गराउने उदेस्यका साथ गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा मेला आयोजना गरिएको मेला फागुन महिनाभरी जारी रहने आयोजकले जनाएको छ ।
मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ ।
‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर मार्केटमा नाम चलेका ३ वटा जुत्ताचप्पल कम्पनीका स्टल राखिएका छन् ।
महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएको मेला आयोजक सस्थाका एक सदस्य राघब विहानीले जानकारी दिए ।
दैनिकी ५ सयदेखी ८ सय जोर जुत्ता चप्पल बिक्री हुने गरेको उनेले सुनाए । मेलामा ग्राहकहरुलाई स्वास्थ्य मापदण्डका कुरामा ख्याल गर्दै जुत्ता चप्पल मेला आगामी फागुन ३० गते सम्म समय बढाइएको विहानीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्