विराटनगरमा भएको एसबीएससी चित्रकलाको उपाधि माउन्ट मकालु र चिल्ड्रेन एकाडेमीलाई

<span class='c1'>विराटनगरमा भएको एसबीएससी चित्रकलाको उपाधि</span> <span class='c2'>माउन्ट मकालु र चिल्ड्रेन एकाडेमीलाई</span>

विराटनगर । विराटनगरमा भएको ‘एसबीएससी चित्रकला’ प्रतियोगिता उपाधि मोरङको रंगेलीमा रहेको माउन्ट मकालु र चिल्ड्रन एकाडेमीले जितेको छ ।


संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा माउन्ट मकालुकी छात्रा चन्चल मण्डलले जुनियर तर्फ र चिल्ड्रेन एकाडेमीकी छात्रा गीता श्रेष्ठले सिनियरतर्फको उपाधि जितेका हुन् ।
कक्षा १ देखि ५ कक्षासम्मको जुनियरतर्फको फस्ट रनरअप विराटनगर स्थित दिल्ली पब्लिक स्कूलका छात्रा इशाना शर्मा र सेकेन्ड रनरअप सुन्दरहरैचा नगरपालिकाको ज्ञान ज्योती एकाडेमीकी छात्रा रोनिका घिमिरे भइन् ।


यस्तै सान्तवना एभरेष्ट स्कूलकी छात्रा याशिका कार्की र लर्डबुद्ध स्कुलकी छात्रा अनिशा राई घोषित भइन् ।
यस्तै कक्षा ६ देखि १० सम्मको सिनयरतर्फको फस्ट रनरअप रंगेलीको माउन्ट मकालु स्कूलका छात्रा विप्लप विश्वास, सेकेण्ड रनरअप विराटनगर स्थित अर्किड स्कूलका छात्रा गहेन्द्र राजवंशी घोषित भए । सो प्रतियोगिताको सान्तवना पुरस्कार विराटनगरको एभरेष्ट र पोलस्टार स्कूलका छात्रा मोनिका यादव घोषित भइन् ।

प्रतियोगिताको बिजेता, फस्ट रनरअप, सेकेण्ड रनरअप र सान्तवना हुने विद्यार्थीहरुले क्रमश ः पाँच हजार , तीन हजार , दुई हजार र पाँच सय रुपैयाँको साथै ट्रफि, मेडल र प्रमाण पत्र रहेको थियो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ ८१ सिनियरतर्फ ९७ जना विद्यालयका १ सय ७८ जना विद्यार्थीहरुले भाग लिएको एसबीएससीको अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।
बिजेता हुने विद्यार्थीहरुलाई प्याब्सनका केन्द्रीय सचिब राजेश कुमार दास, सदस्य बावुदेब न्यौपाने, प्याब्सन मोरङका कोषाध्यक्षमा बिष्णु डंगोल, एसबीएससीको अध्यक्ष मोहन बुढाथोकी, पुर्व अध्यक्ष इन्द्र कुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रजातन्त्र दिवसको अवसर पारेर एसबीएससीले प्रत्येक वर्ष संस्थागत विद्यालयहरुको विद्यार्थीहरुलाई सहभागी गराएर चित्रलका प्रतियोगिता गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्