प्रजातन्त्र दिवसको उपलक्ष्यमा अर्किड कलेजमा कविता प्रतियोगिता

<span class='c1'>प्रजातन्त्र दिवसको उपलक्ष्यमा अर्किड</span> <span class='c2'>कलेजमा कविता प्रतियोगिता</span>

विराटनगर । विराटनग १० मा रहेको अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गरेको छ ।


कलेजले शनिबार कलेजको प्राङ्गणमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा १२ कै अस्मिता चौधरी दोस्रो र कक्षा १२ कै ज्योतिका गौतम तेस्रो भएकी छिन् । कविताको प्रतियोगिताको निर्णयक मण्डलमा दिनेश ढकाल, कृष्ण तामाङ र सन्तोष अधिकारी रहेका थिए ।

सोहि अवसरमा कलेजमा लिएको आन्तरिक परिक्षामा कक्षा ११ र कक्षा १२ का उत्कृष्ट हुने विद्यर्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यस्तै केही समय अगाडि कलेजले आन्तरिक हाजिरिजवाफ कार्यक्रमका विजेता भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सञ्चलकहरु डा. राजन दत्त,सिएम श्रेष्ठ, डा. सुजितकुमार साह र मनिष भट्टराई लगायत शिक्षक तथा शिक्षिकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्