एमपिएल क्रिकेटको लोगो तथा गित सार्वजनिक

<span class='c1'>एमपिएल क्रिकेटको लोगो</span> <span class='c2'>तथा गित सार्वजनिक</span>

विराटनगर । विराटनगरमा बुधबार देखि शुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको लोगो तथा गित सार्वजनिक भएको छ ।


नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा हुने एमपिएलको लोगो तथा गित शनिबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कुञ्ज सारडाले लेखेको गितलाई गायक सुरज बानियाँले गाएका छन् भने द स्मृति बाण्डका दिपेन थापाले संगित दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल अग्रवाल यूवा मञ्च विराटनगर प्रवै अध्यक्ष राजकुमार अग्रवाल, आयोजक समितिका अध्यक्ष अभिषेक केडिया, खेल संयोजक हेमन्थ अग्रवाल, जतिन राठी, पवन सुराना कुञ्ज सारडा र नेपाल अग्रवाल यूवा मञ्च विराटनगरका अध्यक्ष प्रदिप अग्रवाललगायतले शुभकामना ब्याक्त गरेका थिए । नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्