विराटनगरमा एमपीएल क्रिकेट प्रतियोगिताको प्रचारमा मोटरसाइकल र्‍याली

विराटनगरमा एमपीएल क्रिकेट प्रतियोगिताको प्रचारमा मोटरसाइकल र्‍याली

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि सुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा मोटरसाइकल र्‍याली निकालिएको छ ।

मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनबाट र्‍याली निकालिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले रिबन काटेर र्‍यालीको उद्घाटन गरे । मारवाडी सेवा सदनबाट सुरु भएको र्‍यालीले विराटनगरको विभिन्न भाग परिक्रमा गरेको थियो । महानगरपालिका चोकदेखि सुरु भएको र्‍यालीले मेनरोडको गोल्छा चोक, जलजला चोक, ट्राफिक चौक, रोडशेष हुँदै धरान रोडको बसपार्क, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी र तिनपैनी चौक हुँदै शंकरपुरस्थित खेल मैदानमा आएर समापन गरिएको थियो ।

विराटनगर–२ स्थित शंकरपुर खेलमैदानमा फागुन ११ गतेदेखि १४ गते सम्म ४ दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा अग्रवाल युवा मञ्चबाट म्याजिक स्ट्राईकर, महेश्वरी युवा मञ्चबाट प्रिमियर इलेभन, ओस्वाल युवा मञ्चबाट हुलास इलेभन, नेपाल ब्राह्मण युवा मञ्चबाट पर्शुराम वारियर्स र मेड स्वर्णकार युवा मञ्चबाट सिएसभी इलेभनको सहभागिता रहने आयोजक संस्थाका मुख्य संयोेजक हेमन्त अग्रवालले बताए । उनले प्रतियोगितामा फाईनल सहित कुल ११ वटा खेल हुने जानकारी दिए । उनले भने, ‘खेलको पहिलो, दोश्रो र तेश्रो दिन ३/३ वटा र अन्तिम दिन लिग म्याचपछि फाईनल चरणको खेल हुनेछ ।’

आयोजकले प्रिमियर लिगको विजेता र उप–विजेता टिमका लागि आकर्षक पुुरस्कारको व्यवस्था समेत गरेको जनाएको छ । खेलको विजेता टिमका लागि ६१ हजार रुपैैयाँ तथा ट्रफी र उप–विजेता टिमका लागि २१ हजार रुपैयाँ नगद तथा ट्रफीको व्यवस्था गरिएको जनाईएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने देलाडीले नगद २१ सयका साथ ट्रफी हात पार्नेछन् । उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्म्यानले समेत नगद पुरस्कार तथा ट्रफी हात पार्ने आयोजकको दाबी छ ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा फाईनल बाहेक अन्य सबै खेल १०–१० ओभरको हुनेछ । फाइनल खेल १२ ओभरको हुने जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्