एमसीसी बारे जनताको मत बुझ्न विराटनगरमा मतदान सुरु

एमसीसी बारे जनताको मत बुझ्न विराटनगरमा मतदान सुरु

विराटनगर । यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने बिषयमा जनताको मत बुझ्न अनेरास्ववियु (क्रान्तिकारी) मोरङले जनमत संग्रह सुरु गरेको छ ।

एमसीसीबारे जनताको बुझाई र जानकारी संकलनका निम्त्ति अनेरास्ववियु (क्रान्तिकारी) ले जनमत संग्रह सुरु गरेको हो । बुधबार विराटनगरको ट्राफिक चौकमा स्टल राखेर एमसीसीबारे जनताको मत बटुल्न अनेरास्ववियु (क्रान्तिकारी) ले मतदानको व्यवस्था गरेको छ । यथास्थितिमा एमसीसी पास गर्ने वा नगर्ने बिषयमा जनताको मत लिन अनेरास्ववियुले बिशेष मतपत्र समेत तयार पारेको छ । मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने वा नगर्ने बिषयमा मतदानका निम्त्ति दुई बेग्लाबेग्लै कोष्ठ छुट्याईएको छ । जनताले स्टलमा गएर नाम दर्ता गरेपछि गोप्य मतदान गर्न पाउने प्रबन्ध मिलाईएको छ ।

बुधबार प्रदेशभरिका १४ वटै जिल्लाहरुमा जनमत संग्रहको आयोजना गरिएको अनेरास्ववियु (क्रान्तिकारी) १ नं. प्रदेश कमिटीले जनाएको छ । कमिटीका अनुसार जिल्लाका प्रमुख शहरहरुमा सम्बन्धित जिल्ला कमिटीहरुद्वारा जनमत संग्रहको आयोजना गरिएको छ । विराटनगरको हकमा दिउँसो १ बजेदेखि सुरु भएको मतदान दिनको ४ बजेसम्म चल्नेछ । त्यसपछि सडक पेटीमै बसेर सार्वजनिक रुपमा मतगणना हुनेछ । मतगणनाको अन्तिम मतपरिणाम पनि बुधबार नै सार्वजनिक गर्ने तयारी रहेको अनेरास्ववियु (क्रान्तिकारी) १ नं. प्रदेश कमिटीका प्रमुख सचिव जिसस न्यौपानेले बताए । उनले भने, ‘एमसीसी बारे जनता के चाहन्छन् भन्ने बिषयको अध्ययनका निम्त्ति हामीले यो कार्यक्रमको आयोजना गरेका हौं । यसले एमसीसी संसदबाट पारित हुने वा नहुने बिषयमा निकै प्रभाव पार्छ ।’

अनेरास्ववियु (क्रान्तिकारी) १ नं. प्रदेश कमिटीले भने जनताको मतबारे प्रधानमन्त्री र सभामुखलाई जानकारी गराउन बिहीबार १४ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई मतपरिणामको प्रतिलिपी बुझाउने तयारी समेत गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्