झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ भारतको सिक्किम नेवा गुठीलाई

<span class='c1'>झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’</span> <span class='c2'>भारतको सिक्किम नेवा गुठीलाई</span>

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई प्रदान गर्ने भएको छ ।

शुक्रबार मोरङको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा २ दशकदेखि अनवरत रुपमा क्रियाशील संस्था ‘सिक्किम नेवा गुठी’ लाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको हो । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै झी पुचःले कार्यक्रमबारे जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन बिहीबार भारतको सिक्किमबाट सम्मानित हुने संस्थाका २५ जना पदाधिकारीहरुको आगमन हुने संघले जनाएको छ । संघका अनुसार शुक्रबार आयोजित कार्यक्रममा सांस्कृतिक स्मारिका विमोचन गर्ने तयारी समेत रहेको छ ।

वि.सं. २०३८ सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण ११ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । काठमाण्डौंको नक्सालमा आयोजित एक भव्य समारोहका बिच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उनलाई सम्मान गरेको संघका कोषाध्यक्ष सुभाष अमात्यले बताए । त्यसयता झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए ।

‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो । २०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमका बिच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्णा गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि १५ लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुर्दशन कपिला सिरपा बिशेष समिति निमार्ण गरि कार्य गर्दै आएको छ ।

दाता सुर्दशन बहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुले समेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्