विराटनगरमा एमपिएल क्रिकेट प्रतियोगिता सुरु

विराटनगरमा एमपिएल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबार (आज)देखि नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा प्रिमियर-११ र परर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर-११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ८ विकेट गुमाई १ सय १८ बनायो । जसमा म्यान अफ द म्याच अमित अटलले ४७ रन र हरिष अग्रवालले २६ रनको योगदान दिए । म्याजिकका रोहित अग्रवालले सर्वाधिक ३ विकेट लिए ।


जवाफ १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको म्याजिकले निर्धारित ओभरमा ७ विकेट गुमाई ७२ रन मात्र जोड्न सक्यो । जसमा सुभम अग्रवालले सर्वाधिक १९ रनको योगदान दिए । प्रिमियरमा रोहित सावूले सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा पर्शुराम वारियर्सले सिएसवि-११ लाई ७ विकेटले पाराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिएसवि-११ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ७७ रन बनायो । जसमा जय सोनीले सर्वाधिक २४ रनको योगदान दिए । पर्शुरामका म्यान अफ द म्याच अरुण शर्माले २ विकेट लिए ।

जवाफमा ७८ रनको लक्ष्य पाएको पर्शुरामले ८ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा कुलदिप गौरले २६ रन बनाउँदा विनोद शर्माले अविजित २० रन बनाए । सिएसविका सुमित सोनी, मनोज सोनी र विकाश सोनीले समान १-१ विकेट लिए ।

तेस्रो खेलमा प्रिमियर-११ ले हुलास-११ लाई १३ रनले पराजित गरेको छ । प्रिमियरको यो लगातार दोस्रो जित हो । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ८७ बनायो । जसमा अमित अटलले ३४ रन जोड्दा केशव महश्वरीले १५ रनको योगदान दिए । हुलासका अरियन्त वैधले सर्वाधिक ४ विकेट लिए ।

जवाफ ८८ रनको विजयी लक्ष्य पछ्याएको हुलासले निर्धारित ओभरमा ८ विकेट गुमाई ७४ रन मात्र जोड्न सक्यो । जसमा सुभम लुनियाले १७ रन बनाउँदा सिद्धार्थ सेठियाले १७ रनको योगदान दिए । प्रिमियरमा म्यान अफ द म्याच वेदान्त जाजुले सर्वाधिक ४ विकेट लिए ।

विहिबारको पहिलो खेल प्रिमियर-११ र सिएसवि-११ , दोस्रो खेल हुलास ११ र पर्शुराम वारियर्स तथा तेस्रो खेल सिएसवि-११ र म्याजिक स्ट्राइकर्स विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता फागुन ११ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधारमा हुने छ । प्रतियोगितामा १० वटा लिग खेल हुने आयोजकले जनाएको छ । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हुने छ ।


मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वणर्कार युवा मञ्चका क्रमश म्याजिक स्ट्राइकर्स , प्रिमियर-११, हुलास-११,परशुराम वारियर्स र सिएसवि-११ सहभागि रहेका छन् ।

विजेताले रु.६१ हजार तथा ट्रफि र उप विजेताले रु.२१ हजार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने खेलाडीले नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्मापन गर्न करिव रु.८ देखि १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खेल १०-१० ओभरको खेलाइने छभने फाइनल खेल १२ ओभरको हुने एमपिएल-९ का अध्यक्ष अभिषेक केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्