विराटनगर । मोरङको जहदा गाउँपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा बुधबार बेलुका करिब ५ बजे मृत्यु भएको छ ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
फोटो: साङ्केतिक