विराटनगर। प्रहरीले विराटनगर–१३ बाट भारतीय नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । नक्कली भारतीय मुद्रासहित उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारत पूर्णिया थान चौक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीइ मो.महसुम रहेका छन् ।
उनीहरुलाई शुक्रबार बिहान १० बजे टेम्पोमा गईरहेको अवस्थामा एकसय दरका ४८ वटा नक्कली नोटसहित पक्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।